आज पनि बढ्यो सुनचाँदीको भाउ

साझासवाल
1 Min Read

साउन ३०, काठमाडौँ । सुनचाँदीको भाउ आज पनि बढेको छ । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९८ हजार ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेको सुनको भाउ हिजो भने २ हजार ४ सय रुपैयाँ बढेको थियो । त्यही भाउमा आज सुन तोलामा ८ सय रुपैयाँ महँगो भएको हो ।

यस्तै चाँदी आज तोलामा ६० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार ३ सय ५५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply