भदौ ४, कतार । आफू जाने देशको बारेमा जानकारी नहुँदा धेरै नेपाली विभिन्न देशमा अलपत्र परेका छन् । क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ४, कतार । आफू जाने देशको बारेमा जानकारी नहुँदा धेरै नेपाली विभिन्न देशमा अलपत्र परेका छन् । क"/>
2026-07-25 07:22 PM
काठमाडौँ - KTM

कतारमा रोजगारीमा गएकाले के गर्ने के नगर्ने ? जानी राखौ

भदौ ४, कतार । आफू जाने देशको बारेमा जानकारी नहुँदा धेरै नेपाली विभिन्न देशमा अलपत्र परेका छन् । कमाएर परिवारको आर्थिक अवस्था सुधार्न विदेशिएका नेपालीले परदेशमा सास्ति खेप्नु परेको छ । कतारको रोजगारीमा रहेका नेपालीले यी कुरा बिचार गरे त्यस्ता समस्याबाट जोगिन सकिन्छ । 

गर्नु पर्ने 

– दिएको जिम्बवारी लगनसिल, मेहनेत एवम् इमान्दारिताकासाथ पुरा गर्नुहोस् । 

– कतारी नियम कानुन को सदैब पालना गर्नुहोस् । 

– राहदानी तथा आवासीय अनुमतिपत्रको म्याद सकिनु पहिलेनै नयाँ राहदानी र आवासीय अनुमति पत्र लिनुहोस् । 

– अरविक र अंग्रेजि भाषाको राम्रो जानकारी राख्नुहोस् । 

– आफ्नो राहदानी, आवासीय अनुमतिपत्र, कतारी परिचय पत्र , बैंक कार्ड आदिको एक एक प्रति फोटोकपी गरेर सुरक्षित राख्नुहोला, बिनाकारण त्यस्ता                   कागजात कसैलाई नदिनु होला ।

– तलब नपाएमा वा परिचय पत्र नलगाइदिएमा वा नबिकरण नगरिदिएको खण्डमा एवम् काम र तलब फरक परेको लागयत आदि समस्या आइ परेमा नम्रता   र सिष्टता पुर्बक आफु भन्दा माथि आफ्नो सुपरभाइजर समक्ष आफ्नो समस्या राख्ने, त्यसपछि पनि समस्या समाधान नभएको खण्डमा नेपाली दुताबास र कतार सरकारका सम्बन्धित निकयमा शिग्र सम्पर्क गर्नुहोस् । 

–    आफू कार्यरत कम्पनी, संस्था वा घरमालिक अरु कसैले करारपत्र लागयत कुनैपनि कागजातमा सहि गर्न भनेमा राम्रो सँग पढेर मात्र सहि गर्नुहोस् । 

–    बाटो काट्दा ट्राफिक नियम पालना गर्नुहोस् र हतार नगरि जेब्रा क्रसिंग बाट मात्र बाटो काट्नुहोस् । 

–    अन्य बक्तिहरुसँग लेनदेन (आर्थिक कारोबार) गर्दा अनिवार्य रुपमा भर्पाइ लिई प्रमाणका लागि सुरक्षित राख्नुहोस् । 

–    उपुयुक्त खानपिन, पहिरन, आफ्नो स्वास्थ्य तथा सुरक्षा जस्ता बिषयमा ध्यान दिनुहोस् साथै प्रर्याप्त पानि वा झोल पदार्थ पिउनुहोस् । 

–    नेपालमा रहेका आफन्तसँग सम्पर्कमा रही आफ्नो अवस्थाका बारेमा नियमित वा दैनिक जानकारी गर्ने गराउने काम गर्नुहोस् । 

–    आफूले आर्जन गरेको रकम समुचित सदुपयोगका लागि बैधानिक बाटो मार्फत नेपाल पठाउनुहोस् । 

गर्न नहुने कार्यहरु 

–    कतारको कानुन, धर्म परम्परा र सस्कृति बिपरित कुनैपनि कार्यहरु नगर्नुहोला । 

–    लागुपदार्थ तथा प्रतिबन्धित औषधिहरुको ओसार पसार सेवन तथा बेचबिखन नगर्नुहोस् । 

–    कुनैपनि प्रकारका हातहतियार लिएर नहिड्नुहोला । 

–    कम्पनीको स्वीकृतिबिना काम कार्यस्थल र बासस्थान नछाड्नुहोला । 

– आर्थिक प्रलोभनमा परेर कार्यरत कम्पनीबाट नभाग्नु होला, असम्बन्धित कार्यस्थलमा गैरकानुनी रुपमा काम नगर्नुहोस्, साथै अन्य नेपालीहरुलाई यस्ता कार्यहरु गर्न पे्ररित नगर्नुहोला । 

–    कुनैपनि बहानामा कसैको उक्साहटमा कुनै पनि हालतमा काम बन्द तथा हड्ताल नगर्नु होस् । 

–    नेपाली नागरिक तथा विदेशीहरुसँग अनावश्यक जमघट, छलफल, विवाद झगडा होहल्ला  कुटपिट आदि जस्ता कार्यहरु नगर्नुहोस् । 

–    सुरक्षित र भरपर्दो नभएसम्म कसैसँग पनि रकम लेन देन नगर्नुहोस् । 

–    ठगी चोरी तथा महिला माथि दुरव्यवहार जस्ता नैतिक आचरण बिपरित कुनै पनि कार्यहरु नगर्नुहोस् । 

–    मदिरा सेबन गरि, सवारी चालक अनुमति पत्र बिना तथा सवारीको रोड पर्मिट बिना सवारी साधन नचलाउनुहोस् । 

–    मदिरा उत्पादन, सेवन तथा बेचविखनका काम नगर्नुहोस् । 

–    अन्य व्यक्तिका सिभिल आइडी बैंक कार्ड फेला परेमा दूरुपयोग नगर्नुहोस् । 

–    रम्जानको समयमा निषेधित समयमा खानेकुरा खुल्ला रुपमा नखानुहोस् ।  

–    अत्याधिक काम गरेपश्चात धेरै चिसो नखानुस् र बढी चिसोमा नबस्नुहोस् । 

–    गैरकानुनी रुपमा महिला एवम् पुरुषसँग सँगै बसोबास नगर्नुहोस् । 

–    फेसबूक, ट्वीटर, युटुब आदिजस्ता सामाजिक तथा विधुतिय संचार माध्यमहरुको दुरुपयोग नगर्नुहोस् । 

–    नेपाल र कतारबीचको सम्बन्धमा आँच आउने वा प्रतिकुल असर पर्ने कुनैपनि गतिबधि नगर्नुहोस् ।      

यसो गरेमा तपाईंको कतार बसाई सुखद हुन्छ । स्रोत: उज्यालो अनलाइन 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ