भदौ १, काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जा लिन चाहनेका लागि आवेदन दिन आह्वान गरेको छ । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको सूचनामा भदौ १ गतेदेखि असोज १४ गतेसम्म आवेदन दिन सकिने उल्लेख गरिएको छ ।

सरकारले कोरोना महामारीबाट अति प्रभावित र मध्यम प्रभावित क्षेत्रलाई पुनरकर्जाका लागि आवेदन दिन आह्वान गरेको हो । एकमुष्टरुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनरकर्जाका आवेदन दिन सकिनेछ ।

के–के छन् शर्तहरु ?

(क) संस्थाले माग गर्ने कूल पुनरकर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्ने ।

(ख) आवेदनको लागि छनौट गरिएका कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्ने ।

(ग) एक भन्दा बढी बैंक तथा वित्तीय संस्था मार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक/ वित्तीय संस्था मार्फत मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्ने ।

(घ) पुनरकर्जाको लागि आवेदन गरिएको कुल रकम मध्ये कम्तिमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा अन्तर्गत हुने गरी माग गर्नु पर्ने ।

(ङ) आवेदनको लागि कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक÷ऋणी समेटिएको हुनुपर्ने ।

(च) आवेदन पेश गर्ने संस्थाको पुँजीकोष अनुपात यस बैंकले तोके बमोजिम पुगेको हुनु पर्ने ।

पुनरकर्जा पाउने क्षेत्रहरु

(अ) अति प्रभावित क्षेत्रः

१) पर्यटनः

(क) ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, र्याफ्टिङ्ग, क्याम्पिङ्ग, टुर अपरेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पा आदि,

(ख) होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष,

(ग) साहसिक पर्यटन: स्किइङ्ग, ग्लाइडिङ्ग, वाटर र्याफ्टिङ, हट एयर व्यालुनिङ्ग, क्यानोइब, प्यारासेलिङ्ग, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ्ग, हिमाल आरोहरण र अवलोकन लगायत, (घ) गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार

२) हवाई तथा पर्यटकीय यातायात;

३) मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेस;

४) चलचित्र उत्पादन, वितरण, सिनेमा हल ;

५) रोजगारी गुमेका वा बिथयाा मा परेका श्रमिक, कामदार वा कर्मचारी (स्वदेशमा वा विदेशमा) ;

६) मूलभुत रुपमा सडेर गलेर जाने वस्तु, जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दुध तथा दुधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरण;

७) कुखुरापालन व्यवसाय ;

८) पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय;

९) तयारी पोशाक, हस्तकला तथा सीपमुलक व्यवसाय ;

१०) वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक ।

(आ) मध्यम प्रभावित क्षेत्रः

ज्ञ. खप्ने सामान जस्तै प्लास्टिक, फलाम/स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँगसम्बन्धित उद्योग व्यवसाय ;

१) नीजि तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर ;

३) यात्रुवाहक स्थल यातायात ;

४) ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप

५) कानूनी, लेखा, इन्जिनियरिंग लगायतका परामर्श सेवा वा व्यवसाय ;

६) अस्पताल, क्लिनिक, नर्सिंगहोम, डायग्नोस्टिक सेन्टर ;

७) हेल्थ सेन्टर वा फिट्नेस सेन्टर ;

८) भण्डारण गर्न सकिने बस्तु (खाद्यान्न बाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण

९) वन तथा खनिजजन्य उद्योग ;

१०) निर्माण व्यवसाय;

११) औषधि उत्पादन ;

१२) छपाइ, प्रकाशन तथा संचार गृह

१३)निर्माणाधीन जलविद्युत तथा नवीकरणीय उर्जा

१४) पत्थर, माटो तथा सिसाका उत्पादन सम्बन्धी व्यवसाय ।