<p><b>मंसिर ५, काठमाडौँ | </b>आज शुक्रबार सुनको मूल्य घटेको छ | बिहीबारको तुलनामा रु ४ सयले घटेको हो | </p><p>आज छापावाल सुनको मूल्य ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यस्तै आज तेजाबि सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय कायम भएको महासंघले जनाएको छ | <br></p><p>शुक्रबार चाँदीको मूल्य पनि घटेको छ | बिहीबारको तुलनामा रु ५ ले घटेर प्रतितोला १२ सय १० कायम भएको छ | सुनको मूल्य बिहिबार पनि तोलामा रु ७ सयले घटेको थियो | </p>
