मंसिर ५, काठमाडौं | १२ औं राष्ट्रिय जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागले तथ्यांक संकलक/डिजिटाइजर पदमा जागिर खुलाएको छ |

स्थानीय तहहरूको गणना क्षेत्र नक्सा तयारीका लागि २२ जना संकलक/डिजिटाइजर करारमा नियुक्त गर्न लागेको हो |

जिओमेटिक्स इन्जिनियरिङमा डिप्लोमा उत्तीर्ण वा प्रमाणपत्र (प्लस टु) उत्तीर्ण गरी तीन महिना जीआइएस सम्बन्धी काम गरेको व्यक्तिले यो पदका लागि आवेदन दिन सक्ने विभागले जनाएको छ |

योग्य उम्मेदवारहरूलाई सात दिनभित्र विभागको प्रशासन शाखामा आवेदन दिन भनिएको छ । बढीमा आगामी फागुन मसान्त करार अवधी रहने यो पदका लागि मासिक पारिश्रमिक २८ हजार २०० तोकिएको छ |

१२ जनगणना २०७८ जेठ २५ देखि असार ८ सम्म हुने जनाइएको छ |