<p><b>मङ्सिर ८, काठमाडौँ । </b>बागमती प्रदेश लोक सेवा आयोगले सहायक चौथो तहका लागि विज्ञापन गरेको छ । प्रदेश लोक सेवाको वार्षिक पदपूर्ति तालिकाअनुसार चौथो तहका लागि दरखास्त आव्हान गरेको हो ।<br></p><p>प्रदेश लोक सेवाले प्रदेश मन्त्रालय तथा स्थानीय तहका लागि विज्ञापन माग गरेको हो । बागमती प्रदेशले पहिलो पटक खोल्न लागेको विज्ञापनका लागि आवेदन दिन चाहने उम्मेदवारले लोक सेवाको वेबसाइटबाट फारम डाउनलोड गरी आवेदन भर्न सक्नेछन् । यसरी भरेका आवेदन फारमहरू काठमाडौँ उपत्यकाको हकमा प्रदेश सुशासन केन्द्र(जावलाखेलमा रहेको छ), मकवानपुर जिल्लाको हकमा प्रदेश लोक सेवा केन्द्रीय कार्यालय र प्रदेश भित्रका अन्य जिल्लाको हकमा जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा बुझाउन सकिनेछ ।</p><h2><b>हेर्नुहोस् विज्ञापन :</b></h2>
<iframe src="https://drive.google.com/file/d/1IFVxSx8lMQslBHe7WPhw_sAslLKTUZwr/preview" width="640" height="480"></iframe>
बागमती प्रदेश लोक सेवाले कर्मचारी माग्यो (हेर्नुहोस् विज्ञापन सहित)
Leave a Comment


