<p><b>मंसिर १६, काठमाडौँ | </b>कोरोनाभाइरसको संक्रमणको जोखिम कायम रहेको भन्दै काठमाडौँ जिल्ला प्रशासनले जुलुस तथा प्रदर्शन नगर्न अनुरोध गरेको छ | मंगलबार प्रेश विज्ञप्ति जारी गर्दै प्रशासनले भिडभाडजन्य गतिविधी ,जुलुस,प्रदर्शन नगर्न भनेको हो |<br></p><p>पछिल्लो समय जिल्लामा राजनीतिक तथा विभिन्न भिडभाड जन्य गतिविधि भएको भन्दै यस्ता कार्य नगर्न प्रशासनले अनुरोध गरेको छ | भिडभाडजन्य गतिविधी ,जुलुस,प्रदर्शन गरेको पाइए स्थानीय प्रशासन ऐन, २०२८ र संकामक रोग ऐन, २०२० बमोजिम कारबाहि गरिने विज्ञप्तिमा उल्लेख छ |</p><p>कोरोनाको उच्च जोखिम रहेको काठमाडौँमा पछिल्लो समय भिडभाड लगायत विभिन्न माग राख्दै प्रदर्शनका गतिविधिहरु भइरहेका छन् |</p>
