2026-10-16 04:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दर्जनौं म्यानपावर कम्पनीको सम्पूर्ण कारोवार रोक्का हुनसक्ने

जेठ १, काठमाडौँ | म्यानपावर कम्पनीको सम्पूर्ण विवरण अद्यावधिक गर्न अन्तिम पटक म्याद थप गरिएसँगै थप म्यादमा पनि आफ्नो विवरण नदिने म्यानपावरहरुको सम्पूर्ण कारोवार बन्द गरिने बैदेशिक रोजगार बिभागले जनाएको छ । 

वैदेशिक रोजगार विभागले इजाजत प्राप्त मेनपावर कम्पनीको सम्पूर्ण विवरण अद्यावधिक गर्न अन्तिम पटक समय थप गरेसँगै जेठ ३ गतेसम्म पनि आफ्नो विवरण नदिने धेरै म्यानपावर कम्पनीको कारोवार रोक्का हुन सक्ने देखिएको छ ।  सरकारले धरौटी बढाएसँगै कतिपय म्यानपावर व्यवसायी हतोत्साही पनि भएका छन् । उनीहरु म्यानपावर संचालन गर्ने/नगर्ने भन्नेमै दोधारमा देखिएका छन् । त्यसो त यसअघि आफ्नो सहजताको लागि एकै म्यानपावर संचालकको अधिनमा फरक दुई म्यानपावर कम्पनी चलाउने गरेकोमा त्यस्तो कम्पनीहरु आफै मर्जमा आउने गरि तयारीमा लागेका छन् । 

बैदेशिक रोजगार विभागले इजाजत प्राप्त मेनपावर कम्पनीलाई उनीहरुको विवरण यही वैशाख २३ गतेदेखि २९ गतेसम्म बिभागको सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्न निर्देशन दिएको थियो । उक्त मितिसम्ममा आफ्नो म्यानपावरको विवरण अद्यावधिक गर्न नसकेका केहि म्यानवापर कम्पनीको आग्रहमा विभागले पुनः जेठ ३ गतेसम्मको लागि म्याद थप गरेको छ । अन्तिम पटक तोकिएको समयावधिभित्र पनि विवरण अध्यावधिक नगरे त्यस्ता म्यानपावर कम्पनीको अनलाइन मार्फत हुने सबै कारोवार रोक्का हुने बिभागले जनाएको छ ।

कारोवार बन्द भएपछि ती कम्पनीले वैदेशिक रोजगारसँग सम्बन्धित कार्य गर्न पाउने छैनन् । म्यानपावरले आफ्नो कम्पनीका कर्मचारीको विवरण र शाखा सञ्जालन लगायत विवरण सूचना अद्यावधिक गर्नुपर्ने छ । विभागमा एक हजार ५२७ मेनपावर दर्ता भएकामा अहिले एक हजार २४० मात्र सञ्चालनमा छन् । 

विभागले हालसम्म नियम विपरीत काम गर्ने २०७ मेनपावरको दर्ता खारेजी गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु