माघ २२, काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेटतर्फ २०० जनाका लागि विज्ञापन खुलाएको छ ।

नेपाली सेनाले खुलातर्फ १०५ जना, घाइते तथा मृत्यु भएका सेनाका परिवारका तर्फबाट ५ जना, महिलातर्फ १८ जना, आदिवासी जनजातितर्फ २९ जना, मधेसीतर्फ २५ जना, दलिततर्फ १४ जना, पिछडिएको क्षेत्रतर्फ ४ जना गरी २ सय जनाका लागि विज्ञापन आह्वान गरेको हो ।

माघ २२ गतेदेखि फागुन २१ गतेसम्मका लागि दरखास्त दिने मिति तोकिएको छ भने दोब्बर दस्तुर तिरेर फागुन २२ गतेदेखि २८ गतेसम्म पनि दरखास्त दिन पाइनेछ । योग्यता पुगेका इच्छुकले नेपाली सेनाको वेवसाइटमा गएर फारम भर्न सक्नेछन् ।