<p><b>माघ २७, काठमाडौँ ।</b> नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सोमबारको तुलनमा प्रतितोला रु १५ सयले बढेर छापावाल सुनको मूल्य ९१ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।<br></p><p>यसअघि सोमबार प्रतितोला छापावाल सुनको मूल्य ९० हजार ४०० मा कारोवार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य ९१ हजार ४ सयमा कारोबार भएको महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ ।</p><p>सोमबारको तुलनमा प्रतितोला चाँदी रु २५ ले बढेर १३ सय ४० मा कारोबार भएको छ ।</p>
