<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/30ca3480419ae8120dc68d70dba169391477619673.jpg" style="float: left;">कात्तिक १२, काठमाडाैं | एनसेलको लाभांश रकम विदेश लैजानका लागि राष्ट्र बैंकलाई कुनैपनि सिफारिस नगरिएको उद्योग विभागले जनाएको छ । </p><p>प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) स्वीकृत गर्नै निकाय आफू रहेको र लाभांश लैजानुपूर्व विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ आकर्षित हुने जनाउँदै सिफारिस भने नगरिएको विभागले स्पष्ट पारेको हो ।</p><p>राष्ट्र बैंकले एनसेलका विवादित विषय बाँकी नै रहेका बेला अख्तियार प्रमुख लोकमानसिंह कार्कीको दबाबमा ८ अर्ब ८० करोड रुपैयाँ विदेश लैजान दिने निर्णय गरिसकेको छ ।</p><p>राष्ट्र बैंकले सबै निकायको अनुमतिमै लाभांशबारे निर्णय गरेको सार्वजनिक गरेपनि विभागले यसबारे खण्डन गरेको हो । ‘ऐनको दफा ५ को २ (ख) बमोजिम विदेशी लगानी वापतको लाभ वा लाभांशको रुपमा प्राप्त रकम विदेशी मुद्रामा नेपाल बाहिर लैजान पाउने व्यवस्था भए बमोजिम विदेशी लगानीकर्ताको विदेशी मुद्रा सटही सुविधाको लागि राष्ट्र बैंकलाई सिफारिश गरिदिन माग गरेमा विभागबाट सिफारि गर्ने गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ। – कान्तिपुर दैनिक</p>
