२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाडी र एट्याच्ड बाथरुम नभएको भन्दै उपमेयरले च्यातिन् माइन्युट

२०७४, १६ माघ मंगलवार ०१:३२

माघ १६, काठमाडौं । आफूलाई गाडीको व्यवस्था नगरिएको भन्दै धनुषा चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले निर्णय पुस्तिका (माइन्युट) च्यातेकी छिन्। 

मेयर रामबाबु यादव र प्रशासकीय अधिकृत डिकबहादुर कार्मीले मात्रै गाडी चढेर आफूलाई बेवास्ता गरेको, कार्यकक्ष राम्रो नभएको, ‘एट्याच्ड’ बाथरुम नभएको र निर्णय प्रक्रियामा सामेल नगराएको उनको आरोप छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

मेयर यादवका अनुसार उपमेयर मीनाले गाडी र तलबको माग गरी माइन्युट च्यातेकी हुन्। तर, मीनाले भने त्यति कारणले मात्रै माइन्युट नच्यातेको बताइन्। ‘मलाई नगरपालिकाका दैनिक कार्य, विकास निर्माणलगायतका कामबारे जानकारी नै दिइँदैन, दुवैजनाले एकलौटी गर्छन्,’ उनले भनिन्। मीना माओवादी केन्द्रबाट र मेयर यादव संघीय समाजवादी फोरमबाट निर्वाचित हुन्।

नगरपालिकाको गाडी मेयरको छोरा र परिवारका सदस्यले चढ्ने गरेको उपमेयर मीनाले बताइन्। ‘नगरपालिकाको गाडी मेयरका आफन्तहरूले चढ्ने, उपमेयर अनुगमन वा कार्यालयकै काममा जाँदा पनि चढ्न नपाउने ?’ उपमेयर मीनाले भनिन्, ‘गाडी मुख्य विषय होइन, मैले गाडीका लागि माइन्युट च्यातेको पनि होइन। म पनि जनप्रतिनिधि हुँ, मसँग कुनै विषयमा परामर्श गरिन्न। मेयर र अधिकृतले जनप्रतिनिधिको अपमान गर्छन्, त्यसैले च्यात्न बाध्य भएकी हुँ।’

मेयर यादव र प्रशासकीय अधिकृत कार्मी बस्ने कार्यकक्षमा ‘एट्याच्ड’ बाथरुम भएको तर आफू भने बाहिर जानुपर्ने बाध्यता रहेको उनले बताइन्। आफ्नो कार्यकक्षमा पाँचजनाभन्दा बढी नअटाउने उनको भनाइ छ। 

हरेक महिनाको ५ गते बोर्डको बैठक गर्ने निर्णय भए पनि अहिलेसम्म बोर्डका सदस्यलाई जानकारी नै नदिई एकलौटी रूपमा निर्णय गरिएको उपमेयर मीनाको आरोप छ। मेयर यादवले भने योजनाको विषयमा कुनै असन्तुष्टि नरहेको दाबी गरे। माइन्युट च्यातेको विषयमा बुधबार छलफल गरिने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा