२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२४ सै घण्टा बिजुली पाएपछि सरकारी सिमेन्ट उद्योगले २५ बर्षे रेकर्ड राख्यो

२०७३, ११ फाल्गुन बुधबार ०१:५०

फागुन ११, काठमाडौं | अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कलकारखानाले नियमित बिजुली पाउँदा उत्पादकत्व कसरी वृद्धि हुन्छ भन्ने उदाहरण उदयपुर सिमेन्ट कारखानाले देखाएको छ । यो सरकारी कारखानाले उद्योग सुरु भएको २५ वर्षपछि पहिलोपटक माघमा ६ करोड रुपैयाँ नाफा कमाएको छ। 

१० वर्षदेखि दैनिक दुई सय ५० देखि तीन सय टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले डेढ महिनादेखि २४ सै घन्टा बिजुली पाएका कारण हाल दैनिक ६ सयदेखि ७ सय टन सिमेन्ट उत्पादन गरिरहेको छ। यसअनुसार दैनिक १४ हजार ५० बोरा सिमेन्ट उत्पादन हुन्छ। ‘हामीले डेढ महिनादेखि लगातार बिजुली पाइरहेका छौं, एक दिन पनि उद्योग बन्द भएको छैन’, कारखानाका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले अन्नपूर्णसित भने, ‘यो अवधिमा दैनिक १० देखि १५ लाख रुपैयाँ आम्दानी भएको छ।’

महाप्रबन्धक पौडेलका अनुसार बिजुली नपाएकै कारण कारखानाले विगतमा मासिक डेढ करोड रुपैयाँ नोक्सानी व्यहोर्दै आएको थियो।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारी उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न नियमित बिजुली आपूर्ति गरेपछि उद्योगको उत्पादकत्व एक सय ५८ दशमलव ८ प्रतिशतले वृद्धि भएको महाप्रबन्धक पौडेलले जानकारी दिए। ‘दिनको चार, पाँच पटक बत्ती झ्याप–झ्याप जान्थ्यो,’ पौडेलले भने, ‘अहिले २४ घन्टा आपूर्ति छ, उत्पादन रोकिएको छैन।’

वर्षभरि नियमित विद्युत् आपूर्ति भए यही आर्थिक वर्षमा कारखाना नाफामा जाने पौडेलले बताए। तीन अर्ब रुपैयाँभन्दा बढी सञ्चित नोक्सानी रहेको कारखानाले हरेक वर्ष ३० करोड रुपैयाँ घाटा व्यहोर्दै आएको थियो। सरकारको दुई अर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहेको कारखानाले सरकारलाई १५ वर्षदेखि एक रुपैयाँ पनि ब्याज तिर्न सकेको छैन। ‘अबको एक वर्ष लगातार उत्पादन भएमा सरकारको ब्याज तिर्न सक्षम हुनेछौं,’ उनले भने।

कारखानाले दैनिक ९ सय टन उत्पादन गर्ने गरी थप मर्मत सम्भारका लागि टेन्डर प्रक्रिया अघि बढाइसकेको छ।

माघमा २ लाख बोरा सिमेन्ट (१० हजार दुई सय ५० टन) उत्पादन गर्ने लक्ष्य लिएकामा तीन लाख २५ हजार बोरा उत्पादन गर्न सफल भएको कारखानाले जनाएको छ। अघिल्लो वर्ष यसै अवधिमा एक लाख ५० हजार बोरा मात्र उत्पादन गरेको पौडेलले जानकारी दिए।

बिजुली पाएका कारण कारखानाले क्लिंकर उत्पादनका लागि प्रयोग हुने कोइलाबापत करिब ८० लाख रुपैयाँ मासिक रूपमा बचाएको छ। बिजुली पाएपछि एक घन्टामा करिब एक टन कोइला बचेको हो। दैनिक ६ मेगावाट बिजुली खपत गर्ने कारखानाले साँझपख साढे दुई मेगावाट मात्र बिजुली खपत गर्दै आएको छ। प्राधिकरणले अन्य उद्योगलाई दैनिक सात घन्टासम्म लोडसेडिङ गर्दै आएको छ। – अन्नपूर्ण 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा