2026-06-27 03:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछाप सामुदायिक एफ.एम. ९५.८ मेगाहर्ज आजबाट पाँचौं बर्षमा प्रवेश

प्रज्वल पौडेल । फागुन ११, रामेछाप | रामेछाप सामुदायिक एफ.एम. ९५.८ मेगाहर्जले आफ्नो प्रशारण सुरु गरेको आजबाट ४ बर्ष पूरा भएको छ । ‘शान्ति, समानता र सदाचारका लागि सामुदायिक सञ्चार’ नारा रहेको रेडियो रामेछाप सामुदायिक एफ.एम. ९५.८ मेगाहर्ज रामेछाप जिल्लासहित छिमेकी जिल्लाका व्यावसायिक सञ्चारकर्मी, सञ्चार र शिक्षाप्रेमी, शिक्षक, सञ्चार उद्यमी , व्यवसायी तथा अन्य सामाजिक क्षेत्रमा क्रियाशील एकसय भन्दा बढी व्यक्तिहरुको सामूहिक शेयर लगानी र सहकारी मान्यता अनुरुप ५ बर्ष अगाडि २०६९ साल फाल्गुण ११ गते बुधबारवाट सञ्चालनमा आएको हो । पूर्णतः समुदाय केन्द्रित रेडियोको भालुखोप डाँडामा टावर र सदरमुकाम मन्थलीमा स्टुडियो रहेको छ । रेडियो रामेछापले राष्ट्रिय भाषासहित अन्य स्थानीय भाषामा पनि आफ्ना कार्यक्रम प्रशारण गरिरहेको छ ।


सामूदायिक रेडियोको भूमिकालाई अधिकतम प्रयोग गर्दै सकारात्मक सामाजिक परिवर्तन गर्ने र समुन्नत समाज र राष्ट्र निर्माणमा सघाउने ऊर्जाका साथ रेडियोमा १ दर्जनभन्दा बढी दक्ष र क्रियाशील सञ्चारकर्मी कार्यरत रहेका छन् । 

रामेछाप र आसपासका २० भन्दा बढि जिल्लाहरुमा सुन्न सकिने यस रेडियोले कृषि, शिक्षा, स्वास्थ्य, व्यावसायिक, मनोरञ्जनात्मक, सूचनावर्दक, संवाद लगायतका कार्यक्रमहरु प्रशारण गर्दै आईरहेको छ । 

रेडियोले केन्द्रको खबर गाउँसम्म पुर्याउन सामुदायिक रेडियोहरुको छाता संस्था सामुदायिक सूचना नेटवर्क सिआई एन बाट साझा खबर , विविसि नेपालि सेवा र गाउँ देखि केन्द्र सम्मको खबर सम्प्रेशण गर्न रामेछाप डायरी लाई नियमित खबरको माध्यम बनाएको छ । रेडियोमा ९५. ८ मेगाहर्जमा सुन्न सकिने यस रेडियोले आगामि दिनमा थप समुदायमा लक्षित कार्यक्रमहरु प्रशारणमा ल्याउने तयारी गरीरहेको छ । ग्रामीण समुदाय लक्षित कार्यक्रम उत्पादन तथा प्रशारण गर्दै आएको रेडियो रामेछापको २४ घण्टै प्रशारणको अनुमति भएपनि अहिले बिहान ४ः४५ बजेदेखि राती १०ः३० बजेसम्म प्रशारण भइरहेको छ ।

खोजमूलक पत्रकारिता, साम्यक मनोरञ्जन, सूचनाको ग्रामीण पहुँच विस्तार, जनमुखी कार्यक्रम र सुधारात्मक विषय विश्लेषण रेडियो रामेछापको मुख्य कर्म र लक्ष्य रहेको छ । रेडियोले व्यवसायी, उद्योगी, किसान, मजदुर, सरकारी, गैरसरकारी कार्यालय, राजनीतिक दल, नागरिकसमाज र समस्त प्रवुद्ध वर्गसँग नजिकको सम्बन्ध कायम गर्दै कृषि, वन, वातावरण, पर्यावरण, व्यापार, उद्योग, पर्यटनको विकासमा मद्धत गर्ने कार्यक्रमलाई जोड दिइरहेको छ । साथै रेडियो रामेछापले पत्रकार र पत्रकारिताको हक, हित र पेशाको रक्षाका खातिर पत्रकारिता सीप विकास र रोजगारीको पनि सिर्जना गरिरहेको छ ।

यसैविच रेडियो रामेछाप पाचाै बर्षमा प्रवेश गरेको उपलक्ष्यमा हाम्रा सम्पूर्ण सेयर सदस्य, कार्य समितीका पदाधिकारी, कर्मचारी, विज्ञापन दाता , श्रोता, रेडियो तथा पत्रपत्रिका, संचारकर्मी , सरकारी तथा गैह्र सरकारी संघ संस्था, राजनैतिक दल, शुभेच्छुक लगायत सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुले दिनुभएको सहयोग सद्भावप्रति हार्दीक धन्यवाद व्यक्त गर्दछौ साथै यहाँहरुको निरन्तर सहयोगको अपेक्षाको साथै संचार क्षेत्रमा आबद्ध व्यक्तिमा सुःख, सम्मृद्धि,एबंम उत्तरोत्तर प्रगतीको कामना गदै देशमा शान्ति समानता र सदाचारको स्थायित्व कायम रहिरहोस् भनि रेडियोले शुभकामना ब्यक्त गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट