<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/46e49fddebcd63b42510b18276b6622a1491919395.jpg" style="float: left;"><b>चैत ३०, काठमाडौं ।</b> सरकारले यसअघि संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिई ११ बुँदे नयाँ संशोधन प्रस्ताव दर्ता गराएको छ ।<br></p><p>प्रदेश संख्या र सीमांकन परिवर्तन गर्न शक्तिशाली राजनीतिक आयोग गठन गर्ने, संघीय संसदले प्रदेशको सहमति नभए पनि प्रदेशको सीमाना परिवर्तन गर्न सक्ने, स्थानीय तहका अध्यक्ष र उपाध्यक्षले राष्ट्रिय सभामा मत दिन पाउने अधिकार कटौती र भ्रातृभाषालाई अनूसूचीमा राख्ने सहितका नयाँ बुँदा राख्दै संसद सचिवालयमा मंगलबार संशोधन दर्ता गराएको हो । -नागरिक दैनिक </p>
Related News


