जेठ २९, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक नेपाल भ्रमणमा आउने भएका छन् ।

भारत सरकारले मोदीको नोपल भ्रमणको आन्तरिक गृहकार्य सुरु गरेको छ । भारतको सरकारी कम्पनी सतलजले निर्माण गर्न लागेको अरुण तेस्रो जलविद्युत परियोजनाको शिलान्यासका लागि नेपाल आउने तयारीमा जुटेको भारतीय दूतावास स्रोतले जनाएको छ ।

यद्यपि मोदीको भ्रमणको औपचारिक घोषणा भएको छैन । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको मिति घोषणा हुन सक्नेछ ।

गत मंगलबार प्रधानमन्त्रीमा निर्वाचित भएका कांग्रेस सभापति देउवाको भारत भ्रमणको आन्तरिक तयारी भारतले गर्न थालेको दूतावास स्रोतले जनाएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार देउवा दोस्रो चरणको स्थानीय तहको निर्वाचनपछि भारत भ्रमणमा जाने तयारीमा छन् । सोही क्रममा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको मिति तय हुने बताइएको छ । -राजधानी दैनिक

Related News