सरकारबारे माओवादीभित्र तिब्र मतभेद

साझासवाल
1 Min Read

साउन ३, काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र कांग्रेससँग गठबन्धन बनाउने विषयलार्इ लिएर असन्तुष्टि देखिएको छ ।

आइतबार लाजिम्पाटमा बसेको हेडक्वार्टर बैठकमा नारायणकाजी श्रेष्ठ पक्षका नेताहरुले सरकार फेरबदलसम्बन्धी निर्णयमा पारदर्शिता नभएको भन्दै असन्तुष्टि राखेका हुन् ।

श्रेष्ठ पक्षले बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली सरकारलार्इ दिएको समर्थन फिर्ता लिने र कांग्रेससँग मिलेर संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय राजनीतिक दृष्टिकोणले सही भएपनि पद्धतिमा त्रुटि भएको भन्दै आत्मालोचना गरेको दाबी गरेको छ । तर, प्रचण्ड पक्षले बैठकमा आत्मालोचनाको प्रसंग नआएको भन्दै प्रतिवाद गरेको छ ।

‘सरकारबाट फिर्ता हुने निर्णयमा जुन शैली अपनाइयो त्यसले पार्टीको प्रतिष्ठामा क्षति पुग्न गएको छ,’ श्रेष्ठलाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘जुनसुकै बाटो र प्रक्रियाबाट भएपनि निर्णय भइसकेको अवस्थामा अब क्षतिलाई जतिसक्दो घटाउनु बुद्धिमानी हुन्छ । अध्यक्षले यसबारे सोच्नुपर्यो ।’ -कान्तिपुर दैनिक

Share This Article
Leave a Comment

Leave a Reply