काठमाडौं, ५ साउन । माओवादी केन्द्रले सरकार निमार्णमा दिएको सहमति फिर्ता लिएपन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

काठमाडौं, ५ साउन । माओवादी केन्द्रले सरकार निमार्णमा दिएको सहमति फिर्ता लिएपन"/>

2026-06-19 04:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली सरकार टिकाउने एमालेका पाँच सूत्र यस्ता छन् !


काठमाडौं, ५ साउन । माओवादी केन्द्रले सरकार निमार्णमा दिएको सहमति फिर्ता लिएपनि ओली नेतृत्वको सरकार संकटमा छ । एमाले स्थायी समितिले गरेका ५ निर्णयहरु यस्ता छन्:

१. अविश्वासको प्रस्तावको सशक्त सामना 

कांग्रेस–माओवादीतर्फबाट आएका नकरात्मक कुराहरुको खण्डन गर्दै संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने । उनीहरुको कदमले संविधान कार्यान्वयनमा असहजता र मुलुकलाई अस्थिरतातर्फ धकेल्छ भन्ने कुरा प्रस्ट्याउने ।

२. विधेयकपछि मात्रै अविश्वासमा छलफल

सरकारसँगको परामर्शविना एकपक्षीय ढंगले बजेटसँग सम्बन्धित तीन विधेयक हटाएर सभामुखले अविश्वासको प्रस्ताव अघि बढाउन खोज्नु गलत छ । समयमै बजेट ल्याउन आर्थिक वर्षभित्रै पारित गर्न १५ जेठमा बजेट ल्याउने कुरा संविधानमै व्यवस्था भएकाले सभामुखको कदम संविधान विपरित छ ।

३. द्धन्द्ध चर्काउन र उत्तेजना फैलाउन रोकिनुपर्छ

संविधान कार्यान्वयनका लागि प्रमुख तीन दलबीच सहमति आवश्यक छ । कांग्रेस – माओवादीको विधेयक हटाउने र न्यायाधिश सुनुवाइ रोकिएको घटनाले भोलिका लागि समेत ठाउँ खाली नराखी द्धन्द्धतिर धकेल्ने खालको छ । राष्ट्रपतिको कुनै प्रसंग नआई महाअधियोग लगाइन्छ भन्ने सम्मका कुरा गरेर कांग्रेस र माओवादीले उत्तेजना फैलाएर वातावरण विगार्ने कोसिस गरिरहेकाले त्यस्तो काम रोक्न आग्रह गरिन्छ ।

४.प्रतिपक्षमै बसेर संविधान कार्यान्वयनमा सहकार्य 

जुनसुकै ठाउँमा रहेर पनि संविधानम कार्यान्वयन र राष्ट्रिय स्वाधीनताका पक्षमा दृढतापूर्वक अघि बढिनेछ ।

५. संवैधानिक जटिलता फुकाउन सहकार्य 

संवैधानिक र कानुनी अन्योल र अस्पष्टतामा खेल्दै सरकार टिकाउने मनसाय छैन । तर, कांग्रेस र माओवादीले संवैधानिक जटितला सरकारकै प्रयासमा फुकोस् भन्ने आवश्यकता ठानेमा सहमतिका साथ अघि बढ्न तयार । -नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो