सबै दललाई काँग्रेसले एकठाउँमा उभ्याउनु पर्छ: कोइराला

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

मङ्सिर ७, दाङ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेकपा एमाले र मधेसकेन्द्रित दललाई काँग्रेसले एक ठाउँमा उभ्याउन सक्ने वताएका छन् ।

नेपाल प्रेस युनियन, दाङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । कोइरालाले त्यसको लागि काँग्रेस पहिले एक ढिक्का हुनुपर्ने पनि बताए । “सबै पार्टीलाई एक ठाउँमा ल्याउन सक्ने तागत काँग्रेसमा छ, त्यसको भूमिका काँग्रेस सभापति शेरबहादुर देउवाले खेल्नुपर्छ,” उनले भने । उनले देश जटिलतातिर जाने खतरा रहेकाले देशलाई बचाउने प्रमुख जिम्मेवारी काँग्रेसको भएको बताए ।

कोइरालाले देशको हरेक परिवर्तनमा काँग्रेसको अग्रणी भूमिका रहेको चर्चा गर्दै स्व गिरिजाप्रसाद कोइरालाले राष्ट्र र राष्ट्रियताका लागि गरेको त्यागलाई सबै नेताले आत्मसात गर्नुपर्ने बताए । उनले देशमा परिपक्व नेता नभएका कारण पनि देशले यो अवस्था भोग्नुपरेको बताए ।

कोइरालाले सीमाङ्कनमा जटिलता थपिँदै गएको भन्दै यही कारणले देशमा संवैधानिक सङ्कट आउन सक्ने बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति नेपाललाई तहसनहस गराउन लागेको भन्दै त्यसबाट पार पाउन पनि स्थानीय निकायको भएपनि चुनाव गराउनुपर्ने बताए । कोइरालाले साविकका गाविसलाई गाउँपालिका मानेर निर्वाचनमा जानुपर्ने सुझाव दिए ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply