२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जसपा कार्यकारिणी समिति बैठक स्थगित

२०७८, ७ जेष्ठ शुक्रबार ०८:१५

जेठ ७, काठमाडौँ | जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितिको बैठक स्थगन भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै यही जेठ ८ र ९ गतेका लागि बोलाइएको बैठक स्थगन गर्नुभएको हो ।

‘यसअघि जेठ ४ गते जानकारी गरिएअनुसार जेठ ८ र ९ गते बस्ने भनिएको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक कोभिड–१९ बढ्दो महामारीको कारणले अर्को सूचना नभएसम्म बैठक स्थगन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पक्षले भने एकतर्फी रुपमा बैठक स्थगन गरिएकामा आपत्ति जनाएको छ । यसअघि ठाकुर र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै वर्तमान सरकारमा सहभागी नभई आफ्नै दलका नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने र  नभए प्रतिपक्षमै रहेर भूमिका निर्वाह गर्ने सहमति भएको थियो । दुवै अध्यक्षका सहमतिमा कार्यकारिणी समितिको बैठक बोलाइएको थियो ।

यसैबीच अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । उक्त बैठकका सम्बन्धमा यादव र डा भट्टराई पक्षलाई जानकारी नगराइएको जनाइएको छ । ठाकुर–महतो समूहले संसदीय दलका नेतामा राजेन्द्र महतोलाई चयनसमेत गरिसकेको छ । सो पक्षले आफूसँग बहुमत सांसद रहेको दावी गर्दै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा