पुस ११, काठमाडौँ | नेकपा एमाले सिन्धुपाल्चोकका नेता सुवास कर्माचार्यले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।एमालेमा लागेर ४० वर्ष विताएका कर्माचार्यले आइतबार सामाजिक सञ्जालमार्फत् पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

पूर्वसांसद समेत रहेका नेता कर्माचार्यले फेशवुकमा लेखेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी एमालेसँगको ४० वर्ष भन्दा लामो राजनीतिक यात्रा समाप्त भएको घोषणा गर्दछु।’

कर्माचार्यले अबको यात्रा के हुने भन्ने खुलाएका छैनन्। नेकपा एमाले नफुट्दासम्म उनी नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग नजिक मानिन्थे। एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मनोनित नगरेपछि कर्माचार्य रुष्ट थिए।

Related News