माओवादी केन्द्रको महाधिवेशनमा कुन दलबाट को-को पुगे ?

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>पुस ११, काठमाडौँ |</b> नेकपा माओवादी केन्द्रको आठौं अधिवेशन काठमाडौंमा आइतबारबाट सुरु भएको छ। काठमाडौंको नेपाल प्रज्ञा-प्रतिष्ठानमा जारी महाधिवेशन उद्घाटन समारोहमा विभिन्न दलका नेताहरू सहभागी भएका छन्।<br></p><p>महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवा महाधिवेशन स्थल पुगेका छन्। यस्तै, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि पुगेका छन्।</p><p>जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की महामन्त्री कुन्ती शाहीलगायत नेताहरू उद्घाटन समारोहमा अतिथिका रूपमा पुगेका छन्।</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply