एकीकृत समाजवादी र जनवादीबीच पार्टी एकीकरण

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

पुस १३, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकीकरण हुने भएको छ। राष्ट्रिय सभागृहमा मंगलबार मध्यान्ह साढे १२ बजे पार्टी एकता घोषणा कार्यक्रम राखिएको छ

साविक नेकपाको दर्तालाई २३ फागुन २०७७ मा सर्वोच्च अदालतले खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र अलग अलग भए। आन्तरिक किचलोका कारण अन्ततः एमाले विभाजन भएर नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका थिए।

एकीकृत समाजवादीलाई ९ भदौमा निर्वाचन आयोगले दलको मान्यता दिएको थियो। नयाँ दल दर्ता गरेको पाँच महिनापछि एकीकृत समाजवादीका अध्यक्ष नेपाल वामपन्थी पार्टीबीच एकता अभियानमा लागेका छन्। केही दिनअघि उनले १३ पुसमा विभिन्न दलबीच एकता हुने घोषणा गरेका थिए।

एमालेले चुनावलाई लक्षित गर्दै विभिन्न दलका नेतालाई पार्टी प्रवेश गराउने अभियानलाई तीव्रता दिएको छ। निर्वाचन आयोगले स्थानीय निर्वाचनको आन्तरिक तयारी थालिरहेका बेला चुनावलाई लक्षित गरी राजनीतिक दलहरू पनि सक्रिय हुन थालेका हुन्। आउँदो वर्षमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने हुन्छ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply