केन्द्रीय सदस्य चयनका लागि माओवादी केन्द्रको निर्वाचन प्रक्रिया सुरु

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>पुस १४, काठमाडौँ |</b> नेकपा माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय कमिटीको लागि निर्वाचनको प्रक्रिया सुरु गर्ने भएको छ। यसका लागि आज बुधबार दिनभर मतदाता नामावली संकलन गर्ने तयारी भएको निर्वाचन समितिका संयोजक विष्णु पुकार श्रेष्ठले जानकारी दिए।<br></p><p>माओवादी केन्द्रमा देशभरबाट १६०८ जना महाधिवेशन प्रतिनिधि रहेका छन्। आज मतदाता नामावलीको संकलन गरिसकेपछि भोलि नामावली प्रकाशन, दाबी विरोध र अन्तिम सूची प्रकाशन हुने र त्यसपछि निर्वाचनको प्रक्रियामा प्रवेश गर्ने जानकारी श्रेष्ठले दिए।</p><p>निर्वाचनको प्रक्रिया सुरु भए पनि सहमतिमा नेतृत्व चयनको प्रक्रिया पनि जारी राख्ने तयारी माओवादीको छ। सहमतिको प्रयास नभए क्लस्टरसहित केन्द्रीय सदस्यको लागि चुनावमा जाने गरी माओवादीले प्रक्रिया अघि बढाएको हो।</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply