महाधिवेशनस्थलमै बस्यो माओवादी केन्द्रको स्थायी कमिटी बैठक

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

पुस १६, काठमाडौँ | काठमाडौँमा जारी आठौं महाधिवेशनको बन्दसत्र हलमै नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। बैठक प्रज्ञा प्रतिष्ठानको भवनमा केही बेरअघि सुरु भएको हो।

समूहगत छलफलमा निष्कर्षको रूपमा पेस भएका धारणा र सुझावहरूको प्रस्टीकरणको तयारी हुँदै गर्दा स्थायी समिति बैठक बसेको हो। आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि विभिन्न समूहबाट आएका सुझावको प्रस्टीकरणका लागि आवश्यक छलफल गर्न स्थायी समिति बैठक राखिएको हो।

आज अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनबारे २५ समूहले दिएका सुझाव तथा उठाएका प्रश्नबारे बन्दसत्रमा जवाफ दिने कार्यक्रम छ। जारी स्थायी समिति बैठकमा प्रतिवेदनमा उठेका जिज्ञासाका जवाफ र नयाँ नेतृत्व चयनबारे छलफल हुने प्रचण्डको सचिवालयले जनाएको छ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने, ‘अध्यक्षको प्रतिवेदनमाथि प्राप्त सुझावको जवाफ र नेतृत्व चयन प्रक्रियाबारेमा स्थायी समितिमा छलफल हुन्छ। त्यसले एउटा विधि बनाएपछि कसरी जाने निर्णय हुनेछ।’ सोमबार बन्दसत्रमा प्रचण्डले पेस गरेको ४५ पृष्ठको प्रतिवेदन अध्ययन गरेर सुझाव दिन बनेका २५ वटा समूहले बिहीबार आफ्ना निष्कर्ष/प्रश्न प्रस्तुत गरिसकेका छन्।

साथै राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलले पूरक प्रस्ताव र फरक मत पनि राखेका छन्। यी सबैलाई सम्बोधन गरेर अध्यक्ष प्रचण्डले आ​ज शुक्रवार दिउँसो १ बजे जवाफ दिने कार्यतालिका छ। प्रचण्डले जवाफ दिएपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ। स्थायी समिति बैठकमा पदाधिकारीमा सर्वसम्मत बनाउने विषयमा छलफल हुने एक नेताले जानकारी दिए।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply