हिमपात : लेकलेकमा पुगे पर्यटक, खुसी भए किसान

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

पुस १६, काठमाडौँ | रासस | गत बुधबार भएको हिमपात होटल तथा पर्यटन व्यवसायी र किसानका लागि वरदान सावित भएको छ ।म्याग्दीका प्रायः सबै पर्यटकीय क्षेत्रमा बाक्लो हिमपात भएपछि हिउँमा रमाउनका लागि ती स्थानमा आन्तरिक पर्यटकको भीड लागेको छ । लामो समयपछि चिसो मौसममा हिउँसँग रमाउन आएका पर्यटक देख्दा होटल व्यवसायी दङ्ग छन् । जिल्लाका पर्यटकीय क्षेत्र टोड्के, घोडेपानी, गाजने, मालिकाको धुरी, मुनालगायतका ठाउँमा भएको हिमपातमा रमाउन आन्तरिक पर्यटक ती ठाउँमा पुगेका हुन् । पर्यटक पुगेपछि ती क्षेत्रको व्यापार व्यवसाय बढेको छ । व्यवसायी हर्षित भएका छन् । अहिले टोड्के, घोडेपानी, राम्चे, करवाकेलीलगायतका क्षेत्र हिउँले सेताम्मै भएका छन् । अझै दुई÷तीन दिनसम्म ती क्षेत्रमा हिउँ रहिरहने र पर्यटक आउने भएकाले स्थानीय व्यापारी खुसी भएका हुन् । गत मङ्सिर १० गते पनि ती क्षेत्रमा हल्का हिमपात भएको थियो । हिमपातले केही दिन त पर्यटक आएका थिए तर हिउँ निख्रदै गएपछि पर्यटक आगमन पनि घटेको स्थानीय व्यापारी तीर्थ पाइजाले बताउनुभयो ।

“हिमपातसँगै जाडो भए पनि हिमपातको दृश्य हेर्न पर्यटक आएका छन्, अब भने व्यवसायले लय लिन्छ कि जस्तो छ”, होटल व्यवसायी जानुका गुरुङले भन्नुभयो, “हिउँ पर्दा हिउँमा रमाउन आउने युवायुवतीबाट राम्रो व्यापार हुन्छ, त्यसैले हामीलाई त कहिले हिउँ पर्लाजस्तो लाग्छ ।” उत्तरी र पश्चिमी म्याग्दीका विभिन्न ठाउँमा बुधबार र बिहीबार हिउँ खेल्दै रमाउनेको बाक्लो भीड लागेको स्थानीयवासीले बताएका छन्् । त्यसैगरी टोड्केमा बिहीबार एकैदिन १०० भन्दा बढी आन्तरिक पर्यटक हिउँ खेलेर रमाउन पुगेका थिए ।

हिमपातका कारण होटल व्यवसायीसँगै किसान पनि खुसी भएका छन् । हिउँ परेपछि अन्न उत्पादनमा वृद्धि हुनुका साथै घाँस उत्पादनमा पनि वृद्धि हुने भएपछि पशुपालन व्यवसाय पनि फष्टाउने किसान बताउँछन् । उच्च क्षेत्रमा कम पानी पर्ने र परेको पानी तत्काल बगेर जाने भएकाले सिँचाइ राम्रो नहुने उनीहरु भनाइ  छ ।

हिउँ पग्लन धेरै समय लाग्ने भएकाले बोट बिरुवाको गहिराइसम्म सिँचाइ हुँदा अन्नबालीको उत्पादनमा वृद्धि हुने रुमका किसान इन्द्रबहादुर विकले बताउनुभयो । हिउँ परेपछि फुस्रा डाँडामा घाँस उम्रिने गर्छ र चौपायलाई सहज हुने गर्छ त्यसैले पनि किसान हिउँ परेपछि खुसी भएको उहाँको भनाइ छ । पश्चिम बङ्गालको खाडी, अरब सागर र स्थानीय जलवाष्पसहित वायु नेपाल प्रवेश गरेपछि लामो समयसम्म रहँदा न्यूनतम तापक्रममा वृद्धि भई हिउँ पर्ने गर्दछ । लामो समयसम्म चिसो कायमै रहनु र यी जलवाष्पसहितको वायु निरन्तर नेपाल प्रवेश गर्दा तल्लो क्षेत्रसम्म हिउँ पर्ने गरेको मौसम पुर्वनुमान महाशाखाले जनाएको छ ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply