पुस २१, काठमाडौँ | नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरि सारिएको छ।

पार्टीको केन्द्रीय निर्वाचन समितिको आज बुधबार बसेको बैठकले निर्वाचन मिति पुनः सारेको हो।

समितिका सदस्यसचिव केशव रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको मिति सारिएको जनाइएको छ।

निर्वाचन समितिका अनुसार अब माघ १५ गते अधिवेशन गर्ने निर्णय भएको छ। यसअघि बाँकी रहेका जिल्लाको अधिवेशन यही पुस २७ गते गर्ने भनिएको थियो। आउँदा माघ १२ गते मुलुकका सातवटै प्रदेशमा हुन गइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै अधिवेशन मिति सारिएको कांग्रेसले जनाएको छ।

Related News