2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रमेश खरेलको पार्टी निर्वाचन आयोगमा दर्ता, को-को छन् पदाधिकारी ?

पुस २२, काठमाडौँ | रमेश खरेलको पार्टी नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।  नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलको नेतृत्वमा गठन भएको सुशासन पार्टीलाई निर्वाचन आयोगले बुधबार प्रमाण पत्र दिएको हो । पार्टीका अध्यक्ष खरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा छिट्टै सिद्धान्त, विचार र उद्देश्यहरू सार्वजनिक गर्ने उल्लेख गरेका छन् ।  

'नेपाल सुशासन पार्टी (नेसुपा)ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । नेसुपा छिटै दल घोषणा सभामार्फत आफ्ना सिद्धान्त, विचार र उद्देश्यहरू जनतामाझ राख्ने तयारीमा रहेको छ' विज्ञप्तिमा भनिएको छ । 

खरेलका अनुसार निर्वाचन आयोगले नेपाल सुशासन पार्टीको ४७ सदस्यीय केन्द्रीय सदस्यले सनाखत गरेका छन् । जसमा अध्यक्षमा खरेल छन् भने उपाध्यक्षमा राजकुमार यादव, चन्द्रबीर नेम्वाङ्ग, गोविन्दप्रसाद रिजाल, शंकरलाल श्रेष्ठ र टुलराज बस्याल छन् । पार्टीको महासचिवमा गोविन्द गिरी रहेका छन् ।

त्यस्तै सचिवहरुमा यज्ञप्रसाद बस्याल, राजन चौलागाईं, विनयकुमार झा, अरुण शर्मा र पुष्पा खरेल भट्ट छन् । कोषाध्यक्ष भक्तबहादुर श्रेष्ठ र सहकोषाध्यक्ष मिनकुमार श्रेष्ठ रहेको पार्टीमा केन्द्रीय सदस्यहरु गणेश घिमिरे, विनादेवी, प्रदीप चौधरी, अनिल पटेल, बासुदेव तिवारीलगायत छन् । 

बिज्ञप्ति हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै