माओवादी केन्द्रले बनायो एमसीसी अध्ययन कार्यदल

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>माघ ८, काठमाडौँ | </b>नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बारेमा अध्ययन गरी सुझाव दिन कार्यदल बनाउने भएको छ। शनिवार बसेको माओवादी बैठकले कार्यदल बनाएर अध्ययन गर्ने निर्णय गरे पनि कार्यदलमा को को रहने भन्ने टुंगो लगाएको छैन।<br></p><p>माओवादी केन्द्रले एमसीसीमा के कसरी अगाडि बढ्ने भन्ने विषयमा सुझाव दिन कार्यदल गठन गरेको हो। बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता कृष्णबहादुर महराले कार्यदलको सुझाव लिएर आवश्यक परिमार्जन गरेर अघि बढ्ने बताए। सुझाव नआएसम्म एमसीसीबारे पार्टीले थप निर्णय नगर्ने उनले जानकारी दिए।</p><p>‘एमसीसीको कुरा अलि चर्को ढंगले उठेको छ। त्यसमा हाम्रो पार्टीले एउटा कार्यदल बनाएको छ,’ बैठकपछि नेता कृष्णबहादुर महराले भने, ‘त्यसको सुझाव लिएर आवश्यक परिमार्जन संशोधन गरेर अगाडि बढ्न सुझाव दिने। त्यो कार्यदलको सुझाव पर्खिने निर्णय भएको छ।’</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply