२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिक सङ्कटको भुमरीमा देशलाई लैजान खोजिँदैछ, सचेत होऔँ : अध्यक्ष दाहाल

२०७८, १ फाल्गुन आईतवार ०७:३६

फागुन १, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आज विभिन्न कार्यक्रमको आयोजना गरी २७औँ ‘जनयुद्ध दिवस’ मनाएको छ । मधेश प्रदेश सरकारले आजै  प्रदेश राजधानी जनकपुरमा विशेष कार्यक्रमको आयोजना गरी सो दिवस मनाउँदैछ । माओवादीले २०५२ साल फागुन १ गते सशस्त्र सङ्घर्ष घोषणा गरेको दिनको स्मरणमा आज २७ औँ जनयुद्ध दिवस मनाएको हो । सो दिनको स्मरणका आज माओवादीले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गर्यो । 

कार्यक्रमलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दै जनयुद्ध र जनआन्दोलनले नयाँ एकता पैदा गरेकै कारणले नयाँ संविधान जारी हुन सफल भएको र एवं नयाँ राष्ट्रिय एकता कायम गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताउनुभयो । उहाँले सबै प्रदेश सरकार र सङ्घीय सरकारले समेत जनयुद्ध दिवस मनाउन आग्रह गर्नुभयो । 

उहाँले नयाँ राजनीतिक परिवर्तन र एकतालाई सुरुदेखि नै केही समूह र व्यक्तिलाई मन नपरेको र त्यसको बाछिटा हालसम्म पनि देखा परिरहेको उल्लेख गर्नुभयो । माओवादीका नेता तथा कार्यकर्ताको तेजोबोध गर्न कसरी सकिन्छ भन्नेमा केही मानिस दिनरात नभनी लागि परेको उहाँको भनाइ छ ।  

जनयुद्धबाट प्राप्त भएका परिवर्तनलाई कमजोर पार्न सकिन्छ, स्वाधीनता र राष्ट्रियताको आन्दोलनलाई कमजोर पार्ने प्रयास भइरहेको उल्लेख गर्दै उहाँले प्राप्त अधिकार र राष्ट्रिय स्वाधीनताका पक्षमा थप सङ्कल्प गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

उहाँले नयाँ ऊर्जासहित नयाँ एकता कायम गरेर अगाडि बढ्न सबै क्रान्तिकारी शक्तिलाई आह्वान गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक सङ्कटको भुमरीमा देशलाई लैजान खोज्ने प्रवृत्तिका विरुद्ध उभिन आग्रह गर्नुभयो । जनताको सचेत पहलका साथ गतवर्ष प्रतिगमनलाई परास्त गरेको स्पष्ट पार्दै उहाँले प्रतिगमन विरोधी गठबन्धनलाई टुटाउनका लागि प्रयास भइरहेको आशङ्का व्यक्त गर्नुभयो  । अध्यक्ष प्रचण्डले संविधानको रक्षा, राष्ट्रियताको सम्वद्र्धन गर्ने लक्ष्यका साथ सुरु भएको सहकार्य अझै अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले पाँच दलीय गठबन्धन कुनै परियोजना वा त्यससँग भएको सहमतिका आधारमा नबनाएको उल्लेख गर्दै राष्ट्रियताको सम्वद्र्धन, लोकतन्त्रको रक्षाका लागि प्रतिबद्ध हुनु नै देश र जनताको हितमा हुने स्पष्ट पार्नुभयो । खास परियोजना गर्ने वा नगर्ने भन्ने आधारमा गठबन्धनको भाग्य र भविष्यका बारेमा कोही कसैले सोच्छ भने त्यो देश र जनताका लागि समेत राम्रो नहुने उहाँको भनाइ छ । 

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आफूले सार्न लगाएको भनेर गलत प्रचार भएको उहाँको भनाइ थियो । उहाँले गलत मनसायका साथ गलत प्रचार हुने गरेको प्रति अध्यक्ष दाहालले दुःख व्यक्त गर्नुभयो । फरक एक प्रसङ्गमा उहाँले सबै क्रान्तिकारी बामपन्थी शक्ति, माओवादी घटक तथा देशभक्त सबैलाई एकता, सहकार्यको मार्गमा अगाडि बढ्न आह्वान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता