एमसीसी प्रस्ताव संसद बैठकमा पेस गरे सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय

साझासवाल
1 Min Read

<p>फागुन ४, काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले जबरजस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसद बैठकमा पेस गरे सरकारबाट बाहिरिने निर्णय गरेको छ । माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस गरिए सरकारबाट बारिने निर्णय गरेको सो पार्टीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।<br></p><p>सरकारले प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेपछि माओवादी केन्द्रको सो निर्णय आएको हो । कांग्रेसले एमसीसी अनुमोदन गर्नुपर्ने निर्णय गरेसँगै सरकारले बुधबार प्रतिनिधिसभा बैठकमा पेस गर्न लागेको हो ।</p><p>तर, माओवादी केन्द्रले भने दलहरूबीचको सहमतिमात्र सो प्रस्ताव पेस गर्नुपर्ने निर्णय गरेको गुरुङले बताए । उनका अनुसार सरकार आफ्नो ढंगले अघि बढ्न खोजे गठबन्धन तोडिनेछ ।</p>

Share This Article
Leave a Comment

Leave a Reply