राप्रपा नेपालका कोषाध्यक्ष गुरुङले पनि छाडे कमल थापाकाे साथ

साझासवाल
1 Min Read

वैशाख २२, काठमाडौँ | राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले पनि कमल थापाकाे साथ छाडेका छन्।

गुरुङले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्।

उनले आज केन्द्रीय कार्यालय विशालनगरमा राजीनामा पत्र बुझाएका हुन्।

पाँच दिनअघि राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धब पौडेल, केन्द्रीय सदस्यहरू उर्मिला अधिकारी र श्रीधर सुवेदीले पनि थापाको साथ छाड्दै पार्टीबाट राजीनामा दिएका थिए।

गुरुङ कमल थापा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलका अध्यक्ष हुँदादेखिका सहकर्मी थिए। २०३८ सालमा थापा नेपाल युवक संगठनका अध्यक्ष रहँदा गुरुङ उपाध्यक्ष थिए। गुरुङ २०७३ मा आदिवासी जनजाति प्रतिष्ठानका उपाध्यक्ष समेत भएका थिए।

Share This Article
Leave a Comment

Leave a Reply