जेठ १, काठमाडौँ । देशभर स्थानीय निकायको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहँदा निर्वाचन आयोगको सूचना संयन्त्र भने नाकाम भएको छ ।

मतपरिणामको पल-पलको अपडेट थाहा पाउन मिडियाहरुले राजनैतिक दल वा सम्बन्धित मतगणना स्थलमै पुग्नुपर्ने बाध्यता छ । बिभिन्न स्थानिय निकायका सूचना अधिकारीहरु समेत मत परिणाम अपडेट दिन उत्साहित छैनन् ।

निर्वाचन आयोगको आधिकारिक पोर्टल https://election.gov.np/ मा मतपरिणाम अपडेट हुने देखाइएपनि त्यसमा कुनै अपडेट दिईएको छैन । त्यसो त यो समाचार तयार पार्दै गर्दा उक्त पोर्टल सर्भरमा समस्याको कारण डाउन अवस्थामा छ ।

त्यसो त निर्वाचनको मतगणना स्थानिय निकायको सक्रियतामा हुँदै गर्दा स्थानिय निकायका सूचना अधिकारीहरु सक्रिय छैनन् । आफ्नो पालिकाको मत परिणाम नियमित दिएर जनताको चासोलाई ध्यान दिनुपर्ने निकाय मौन बस्दा मत परिणामको लागि राजनितिक दल तथा व्यक्तिहरुको आधिकारिक नहुनसक्ने स्रोतबाट मतपरिणामको अपडेट लिनपर्ने बाध्यता छ ।

Related News