बालेन शाहको मत २१ हजार पार गर्दा कति छ स्थापित र सिंहको मत परिणाम ?

साझासवाल
1 Min Read

<p>जेठ ५, काठमाडौँ । काठमाडौं महानगरमा जारी मतगणनामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । पछिल्लो ताजा मत परिणाम अनुसार उनले २११११ मत प्राप्त गरेका छन् ।&nbsp;<br></p><p>बालेनले पाएको मत उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उममेदवार केशव स्थापितको भन्दा १०११३ मतले बढी हो । यो मतान्तर जारी मत परिणामको हालसम्मकै उच्च मतान्तर हो । स्थापितले अहिलेसम्म १०९९८ मत प्राप्त गरेका छन् ।&nbsp;</p><p>यसरी हेर्दा शाहले स्थापितसँगको मतान्तर निरन्तर बढाईनै रहेका छन् । मेयर पदमै गठबन्धनबाट उम्मेदवार बनेकी सृजना सिंहको मत १०१७३ रहेको छ । स्थापित र सिंह बीचको मतान्तर ८२५ मत रहेको छ ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply