जेठ ७, काठमाडौं । काठमाडौंको वडा नम्बर ११ मा मतगणना सुरु भएको छ । प्रारम्भिक मतगणनामा कांग्रेसकी सिर्जना श्रेष्ठ अगाडि छन् ।

हालसम्म १०० वटा मत गणना गर्दा नेपाली कांग्रेसकी सिर्जनाले ४३ मत ल्याएकी छन् । दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार बालेन साहले २२ मत ल्याएका छन् । एमालेका उम्मेदवार केशव स्थापित १७ मतका साथ तेस्रो स्थानमा छन् ।

त्यस्तै उपमेयरको मतगणनामा भने एमालेकी सुनिता डंगोलको फराकिलो अग्रता छ । उनले २५ मत ल्याउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १० भोट ल्याएका छन् ।