घट्यो सुनचाँदीको मूल्य

साझासवाल
1 Min Read

<p><b>भदौ २७, काठमाडौं । </b>आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० रुपैयाँले र चाँदी २० रुपैयाँले सस्तिएको हो ।&nbsp;<br></p><p>महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ र चाँदी एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ ।&nbsp; यस्तै यता तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले नै सस्तिँदै आइतबार ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply