जेठ ८, काठमाडौं | नेकपा (माओवादी केन्द्र) ले ११९ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।

मतगणना सम्पन्न भएका ७०३ पालिकामध्ये ११९ पालिकामा माओवादीले जित निकालेको हो ।

मतगणना सम्पन्न भएका पालिकामा नेपाली कांग्रेस र नेकपा एमालेपछि सबैभन्दा बढीमा माओवादीका उम्मेदवारले जितेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सम्पन्न भएका स्थानमा कांग्रेसले ३११ र एमालेले १९० पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।

हाल मतगणना भइरहेका पालिकामध्ये दुई वटामा माओवादीका उम्मेदवारले अग्रता लिइरहेका छन् । आयोगले गत वैशाख ३० गते देशका ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो ।

Related News