झलनाथ खनालले भने- निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भाे

साझासवाल
1 Min Read

<p><b>जेठ १२, काठमाडौँ | </b>एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण भएको बताएका छन् ।&nbsp;<br></p><p>प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित ढंगबाट सम्पन्न भएको बताए ।&nbsp;</p><p>प्रतिपक्षी दल एमालेले निर्वाचन धाँधलीपूर्ण रहेको आरोप लगाइरहेका बेला पूर्वप्रधानमन्त्री खनालले शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित ढंगबाट चुनाव सम्पन्न भएको दाबी गरेका हुन् ।&nbsp; एकाध स्थानमा भएका घटना सामान्य रहेको र यसको समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply