मध्यरातमा करको दररेट परिवर्तन प्रकरण : संसदमा अर्थमन्त्रीको राजीनामा माग

साझासवाल
1 Min Read

जेठ ३०, काठमाडौं | बजेट निर्माणमा खेताला विज्ञकाे सहयाेग लिने अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सांसद योगेश भट्टराईले मध्यराति पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराउने अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताएका हुन् ।

सोमबार सञ्चारमाध्यममा बजेट ल्याउने अघिल्लो दिन १४ जेठको मध्यरातमा अर्थमन्त्री शर्माले पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गरेको समाचार आएपछि संसदमा प्रतिपक्षी दल एमालेले अर्थमन्त्रीले राजीनामा मागेको हो ।

बेलायती संसद र अर्थमन्त्रीको राजीनामा प्रकरण उल्लेख गर्दै सांसद भट्टराईले सोही विषय नेपालमा लागू हुन्छ कि हुँदैन भन्दै अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताए । यसबारे सदन, सांसद, प्रधानमन्त्रीसहित सबैका ध्यानाकर्षण हुनुपर्ने उनको भनाइ छ ।

Share This Article
Leave a Comment

Leave a Reply