2026-06-17 02:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झपड रावलको मन्त्रीलाई चेतावनी- लेटरप्याड च्यात्ने तपाईंको मुख च्यात्न नपरोस्

जेठ ३०, काठमाडौं | प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद झपड रावलले मन्त्रीको मुख च्यात्ने चेतावनी दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद रावलले जनताको माग लिएर मन्त्रालयमा पेस गरेको लेटेरप्याड च्यात्ने मन्त्रीको मुख च्यात्न नपरोस् भन्दै चेतावनी दिएका हुन् । 


प्रतिपक्षी सांसदहरूले जनताको माग समेटेर लेटरप्याडमा मन्त्रालयमा पेस गरिएको, तर प्रतिपक्षीको भन्दै च्यातेर फ्यालेको आरोप लगाउँदै उनले ती मन्त्रीबारे सदनमै भण्डाफोर गर्ने र जनताले ती मन्त्रीको मुख च्यात्ने पर्ने अवस्था आउने चेतावनी दिए । 

बैठकमा सांसद रावलले भने, ‘प्रतिपक्षका सांसदहरूले जनताको माग लिएर आफ्नो लेटरप्याडमा सरकारलाई मन्त्रालयमा पेस गरेका मागहरू प्रतिपक्षको हो भनेर गैरजिम्मेवार भएर, अराजक ढंगले च्यातेको भन्ने कुराहरू आइरहेको छ । अर्को दिन त्यस्ता मन्त्रीहरूको म विस्तृत विवरण लिएर यही सदनमा भण्डाफोर गर्ने वाचा गर्न चाहन्छु । यस्ता अराजक मन्त्रीलाई जनताकोतर्फबाट चुनौती दिन चाहन्छु । खबरदार हाम्रा लेटरप्याड च्यात्ने मन्त्रीहरू जनताले तपाईंका हात, तपाईंको मुख च्यात्न नपरोस् भन्नेकुरा पनि यहीँबाट खबरदारी गर्न चाहान्छ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ