जिसस कैलालीको निर्वाचनमा पाँचदलीय गठबन्धनतर्फ लागे गाेपाल हमाल

साझासवाल
1 Min Read

जेठ ३०, धनगढी | जिल्ला समन्वय समिति कैलालीको निर्वाचनमा निर्णायक मानिएका धनगढी उप महानगरपालिका मेयर गोपाल हमालले कांग्रेस माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट उम्मेदवार बनेकालाई भोट हालेका छन् ।

जिल्ला समन्वय समितिका नेतृत्वका लागि कैलालीमा शत्तारुढ तीन दलको गठबन्धन र नागरिक उन्मुक्ति पार्टी तथा एमालेको गठबन्धन बनेको थियो ।

सत्तारुढ गठबन्धनतर्फ मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय निलम्बनमा परेपछि दुवै गठबन्धनको मतभार १२-१२ थियो । यस्ताे अवस्थामा स्वतन्त्र उम्मेदवारी दिएर धनगढी उपमहानगरपालिकाको मेयर बनेका हमाल निर्णयक थिए ।

शनिबारसम्म कतै नखुलेका हमालले आज भने गठबन्धनकाे उम्मेदवारलाई भोट हालेको बताएका छन् । उनको भोटसँगै सत्तारुढ गठबन्धनले जिससको नेतृत्व गर्ने देखिएको छ ।

बिहान साढे ७ बजेदेखि सुरु भएको मतदानमा कूल २५ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले जनाएको छ ।  जिसस कैलालीको प्रमुख पदका लागि नेपाली कांग्रेसका तर्फबाट पदम कलेल र नागरिक उन्मुक्ति पार्टीबाट इन्द्र चौधरी उम्मेदवार छन् ।

१३ पालिकाका २६ जना मतदाता रहेको कैलालीमा २५ जना मात्रै मतदाता छन् । भ्रष्टाचार अभियोगमा विशेष अदालतमा विचाराधीन मुद्दाका कारण मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले चुनावी प्रक्रियामा सहभागी हुन नपाउने निर्वाचन आयोगको निर्णयपछि मतदाता संख्या २५ मा झरेको हो ।

Share This Article
Leave a Comment

Leave a Reply