2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ कुन दलले कति महिला उम्मेदवार उठाए ?

असोज २५, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विभिन्न दल र स्वतन्त्र गरी २३५ जना महिलाले उम्मेदवारी दिएका छन् । 

निर्वाचन आयोगका अनुसार १६५ सीटको लागि हुने प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्रसहित ५८ राजनीतिक दलले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमध्ये ३६ राजनीतिक दलले मात्र एक वा एकभन्दा बढी संख्यामा महिला उम्मेदवार उठाएका छन् । 

सबैभन्दा महिला उम्मेदवार स्वतन्त्ररुपमा उठेका छन् । स्वतन्त्र रुपमा ८५ जना महिलाले प्रतिनिध सभा निर्वाचनमा उम्मेदवारी दिएका छन् । 

राजनीतिक दलमध्ये सबैभन्दा बढी महिला उम्मेदवार नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले उठाएका छन् । तीनै पार्टीले १२÷१२ जना महिला उम्मेदार प्रतिनिधि सभा निर्वाचनमा उतारेका छन् । 

आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले ८, नेपाली कांग्रेसले ५, मंगोल नेशनल अर्गनाइजेसनले १०, जनता समाजवादी पार्टी, नेपालले ७, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ६, हाम्रो नेपाली पार्टीले ४, राष्ट्रिय जनमुक्ति पार्टीले ८, जनमत पार्टीले २, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ३, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/ नेपाल समाजवादी पार्टीले ८, जनमत पाटीले २ र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ३ जना महिला उम्मेदवार उठाएको छ । 

यस्तै, नेपाली कांग्रेस (बी.पी.)ले ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ९, नागरिक उन्मुक्ति पार्टीले ३, जन समाजवादी पार्टी नेपालले ५, नेपाल आमा पार्टी/ नेपाल नौलो जनवादी पार्टी/ सचेत नेपाली पार्टी/ नेपाल सुशासन पार्टीले ३, नेकपा (माक्र्सवादी लेनिनवादी)ले २, नेकपा (एकीकृत समाजवादी)ले १, मौलिक जरोकिलो पार्टीले ३ र नेश्नलिष्ट पिपल्स पार्टीले ६ जना महिलालाई उम्मेदवार बनाएको छ । 

नेपालका लागि नेपाली पार्टीले १, आमूल परिवर्तन मसिहा पार्टी नेपालले २, जनता प्रगतिशिल पार्टी, नेपालले १, एकीकृत शक्ति नेपालले २, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीले १, नेपाल जनता पार्टीले २, नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल)ले २, नेपाल संघीय समाजवादी पार्टीले १, नेपाल जनता दलले १, पिछडावर्ग निषाद दलित जनजाती पार्टीले १, राष्ट्रिय जनमोर्चाले १, जनजागरण पार्टै नेपालले १, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले १ र एतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले १ जना महिला उम्मेदवार उठाएको छ । 

विवेकशील साझा पार्टीले एक जना पनि महिला उम्मेदवार उठाएको छैन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ