2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

२०७४ मा बस्नेतसँग प्रदेशमा हारेकाे बदला लिने दाउमा बजगाईं

असोज २५, गोरखा | गोरखा १ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेका रामशरण बस्नेत र का‌ंग्रेसका राजेन्द्र बजगाईंसहित १० जना उम्मेदवार छन् । यद्यपि मुख्य प्रतिस्पर्धा भने बस्नेत र बजगाईंबीच हुने देखिन्छ । बस्नेत २०४९ र २०५४ गरी दुईपटकसम्म तत्कालीन नारेश्वर गाविसको अध्यक्ष हुँदै २०७४ को चुनावपछि गण्डकी प्रदेश सरकारको मन्त्रीसमेत भइसके । २०७४ को निर्वाचनमा गोरखा १ प्रदेशसभा (ख) बाट कांग्रेसका बजगाईंलाई नै हराउँदै उनी सांसद बनेका थिए । 


२०३५ देखि कम्युनिष्ट आन्दोलनमा लागेका बस्नेत निरन्तर राजनीतिमा सक्रिय हुँदै आएका थिए । यद्यपि बजगाईं भने कांग्रेसभित्र सफल पर्यटन व्यवसायीका रुपमा परिचित छन् । पर्यटन व्यवसायमा बजगाईं अन्तर्राष्ट्रियस्तरमै चिरपरिचित व्यक्ति हुन् । यद्यपि कांग्रेसका पुराना नेतालाई पाखा लगाउँदै उनले टिकट ल्यएपछि पुनः कांग्रेसभित्र अन्तर संघर्ष चर्किन थालेको छ ।

अघिल्लो निर्वाचनमा जोसँग हारे, उसैसँग प्रतिस्पर्धाका निम्ति बजगाईं सत्तारुढ गठबन्धनको तर्फबाट मैदानमा उत्रिने पक्का भएको छ । २०७४ को चुनावमा गोरखा १ (ख) को प्रदेशसभा सदस्यमा एमालेका बस्नेत १६ हजार ६५६ मतसहित निर्वाचित हुँदा बजगाईंले १३ हजार एक मत पाएका थिए । तत्कालीन समयमा एमाले र माओवादी केन्द्रबीच वाम एकता थियो । 

यसपटक भने एमालेलाई माओवादीको साथ छैन । सत्तारुढ गठबन्धन भएकाले यसपालि बस्नेतलाई हराउने कुरामा बजगाईं आशावादी छन् । गत ३० वैशाखको स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा गोरखामा माओवादी पहिलो, कांग्रेस दोस्रो, एमाले तेस्रो, नेसपा चौथो दलको रूपमा स्थापित छन् ।

अन्य दलहरूको भने जनमत गोरखामा कम नै देखिन्छ । यसपटक सत्तारुढ गठबन्धनका कारण एमाले प्रमुख शक्तिहरुको विरुद्ध, राप्रपा, जसपालगायतका साना दलहरूसँगको तालमेलमा निर्वाचन लड्दैछ । गोरखामा एमालेले तालमेल गरेको दलहरूले निर्वाचन प्रभावित बनाउने खालको मत ल्याउन सक्ने स्थिति तत्काल देखिँदैन । गोरखा १ मा एक लाख १५ हजार ३९७ मतदाता छन् ।

अहिलेकै अवस्थाको मतपरिणामको अंकगणित हेर्दा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूको जित सुनिश्चित देखिन्छ । यद्यपी अंकगणितलाई भन्दा भूगोलका जनताको विकासप्रतिको चाहाना, गठबन्धनप्रतिको वितृष्णा र एमालेले गरेको जनपक्षीय कामका आधारमा जनताको मत पाएर आफूले जित्ने बस्नेत दाबी गर्छन् ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले