काठमाडौं क्षेत्र नम्बर ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, झापा ४ मा शम्भुप्रसाद ढकाल, रुपन्देही २ मा गणेश पौडेल, कास्की २ मा माधवप्रसाद कँडेल, कास्की ३ मा योगराज पौडेल, काठमाडौं २ मा सोविता गौतम र ललितपुर ३ मा तोसीमा कार्कीले अग्रता लिएका छन् ।
सो दलका सभापति समेत रहेका रवि लामिछाने चितवन क्षेत्र नम्बर २ मा तेस्रो स्थानमा रहेका छन् ।
देशभर ६१ निर्वाचन क्षेत्रको मतगणना हुँदा कांग्रेस २१ साथै १ मा जित गरि २२, एमाले १६, माओवादी ३, राप्रपा ३, ए. समाजवादी ३ ,जनमत पार्टी २, नाउपा २, लोसपा १, हाम्रो नेपाली पार्टी १,अन्यले २ क्षेत्रमा अग्रता लिएको छ ।
Related News