2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन अपडेट : प्रत्यक्षतर्फ कांग्रेस अगाडि

मङ्सिर ११, काठमाडौँ | प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज बिहान ३ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ५४ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । 

प्राप्त मतपरिणामअनुसार हालसम्म नेपाली कांग्रेस ५२, नेकपा (एमाले) ४०, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समान सात, जनता समाजवादी पार्टी पाँच, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन तथा पाँच जना स्वतन्त्र उम्मेदवार विभिन्न क्षेत्रबाट निर्वाचित भएका छन् । 

कांग्रेसबाट प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, गगनकुमार थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, दीपक खड्का, डा शेखर कोइराला, रामहरि खतिवडा, दिनेशकुमार यादव, रामकृष्ण यादव, देवप्रसाद तिमलसेना, अजयकुमार चौरसिया, रमेश रिजाल, श्यामकुमार घिमिरे, मोहन आचार्य, प्रकाशमान सिंह, रमेश लेखक, नारायणप्रसाद साउद, सन्तोष चालिसे, प्रदीप पौडेल, राजेन्द्रकुमार केसी, दुर्लभ थापा क्षेत्री निर्वाचित हुनुभएको छ । 

यस्तै उदयशम्शेर राणा, टेकबहादुर गुरुङ, शङ्कर भण्डारी, राजु थापा, योगेश गौचन थकाली, खमबहादुर गर्बुजा, चन्द्रकान्त भण्डारी, सुरेन्द्रराज आचार्य, किशोरसिंह राठोर, सञ्जयकुमार गौतम, पूर्णबहादुर खड्का, हृदयराम थानी, पुष्पबहादुर शाह, दिक्पालकुमार शाही, ऐनबहादुर साही ठकुरी, डिल्लीराज पन्त र दिलेन्द्रप्रसाद बडू निर्वाचित हुनुभएको छ । कांग्रेसकै सिता गुरुङ, सुसिनलकुमार शर्मा, रामनाथ अधिकारी, मोहनबहादुर बस्नेत, दिनेशकुमार यादव, तेजुलाल चौधरी, विष्णुकुमार कार्की, महेन्द्रकुमार राय, डिगबहादुर लिम्बु, विनोदकुमार चौधरी, दीपक गिरी, र डिल्लीराज पन्त निर्वाचित हुनुभएको छ । 

नेकपा (एमाले)बाट अध्यक्ष केपी शर्मा ओली, योगेशकुमार भट्टराई, देवराज घिमिरे, राजेन्द्रकुमार राई, ऋषिकेश पोखरेल, मानवीर राई, अम्बरबहादुर रायमाझी, रामशङ्कर यादव, लिलानाथ श्रेष्ठ, जुलीकुमारी महतो (महासेठ), हरिप्रसाद उप्रेती, अच्युतप्रसाद मैनाली, राजकुमार गुप्ता, कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर महर्जन, गोकुलप्रसाद बाँस्कोटा, पृथ्वीसुब्बा गुरुङ विजयी हुनुभएको छ । 

त्यसैगरी मनबहादुर गुरुङ, विद्या भट्टराई, दामोदर पौडेल, पदम गिरी, गोकर्णराज विष्ट, नारायणप्रसाद आचार्य, ठाकुरप्रसाद गैरे, टोपबहादुर रायमाझी, वासुदेव घिमिरे, भीमप्रसाद आचार्य, सूर्यबहादुर थापा, सूर्यप्रसाद ढकाल र दामोदर भण्डारी निर्वाचित हुनुभएको छ । साथै, एलपी (साँवा)  लिम्बु, वसन्त नेम्वाङ, राजकुमार गुप्ता, अच्युनप्रसाद मैनाली, ज्वालाकुमारी साह, रामशंकर यादव, लिलानाथ श्रेष्ठ, गोकुलप्रसाद बास्कोटा, मंगलप्रसाद गुप्ता रबासुदेव घिमिरे निर्वाचित हुनुभएको छ । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता जनार्दन शर्मा, वर्षमान पुन, देवेन्द्र पौडेल, शक्तिबहादुर बस्नेत, अमनलाल मोदी, हितबहादुर तामाङ, रामकुमार राई, लेखनाथ दाहाल, रेखा शर्मा, पूर्णबहादुर घर्ती, महिन्द्रसाय यादव, सूर्यप्रसाद तामाङ(दोङ), छिरिङ डम्बुल लामा (भोटे) र महेन्द्रबहादुर शाही विजयी हुनुभएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राजेन्द्रप्रसाद पाण्डे, धनबहादुर बुढा, अम्बरबहादुर थापा, कृष्णकुमार श्रेष्ठ, शेरबहादुर कुँवर, प्रकाश ज्वाला, मेटमणि चौधरी, प्रेमबहादुर आले र भानुभक्त जोशी विजयी हुनुभएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, सोविता गौतम, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, हरि ढकाल र तोसिमा कार्की निर्वाचित हुनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव, दीपक कार्की, रामसहायकप्रसाद यादव र बीरेन्द्रप्रसाद महतो निर्वाचित हुनुभएको छ ।

राप्रपाका राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, धवलशमशेर राणा, दीपकबहादुर सिंह र ज्ञानेन्द्रबहादुर शाही तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, शरतसिंह भण्डारी र रामप्रकाश चौधरी विजयी हुनुभएको छ । 

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवाल एवं जनमत पार्टीका चन्द्रकान्त राउत तथा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल, प्रभू साह, किरणकुमार साह, अमरेशकुमार सिंह र लालवीर चौधरी निर्वाचित हुनुभएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक