<p><b style="background-color: rgb(245, 245, 245);">मङ्सिर २९, काठमाडौँ । </b>कतारमा जारी विश्वकप फुटबलमा बेटिङ गराइरहेको अन्तर्राष्ट्रिय कम्पनी वन एक्स बेटको स्थानीय एजेन्ट भएको आरोपमा एक जना पक्राउ परेका छन् ।<br></p><p>काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले लमजुङको सुन्दर बजार घर भई काठमाडौंको टोखा बस्दै आएका २६ वर्षीय सुजन गौलीलाई पक्राउ गरेको हो। उनले कमिसनबापत २५ प्रतिशत रकम पाउने लोभमा एजेन्ट बन्दै काम गरेको प्रहरीको दाबी छ ।<br>प्रहरीका अनुसार गौलीले २ करोड ३६ लाख ३३ हजार एक सय ३८ रुपैयाँ कारोबार गरेको देखिएको छ भने ७ करोड ७२ लाख ८९ हजार ४६ रुपैयाँ कारोबार गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।</p>
Related News


