<p><b>पुस १०, काठमाडौँ ।</b> नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले कुशलतापूर्वक नेतृत्व गरेका कारण परिणाम आएको बताएका छन् ।<br></p><p>एमालेसहितका दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्ने सहमति भए लगत्तै उनले ट्वीट गरेका छन्, ‘२०७९ पुस ७ गते बिहान भएको नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकको मुल स्पिरिट यहि थियो जसलाई अध्यक्ष कमरेड केपी ओलीले कुशलतापूर्वक नेतृत्व गर्नुभयो, परिणाम आयो ।’</p><p>चुनाब गराउनेको बहुमत नआउनुलाई नयाँ बिकल्पमा जाने जनादेश भन्दै उनले लेखेका छन्, ‘संसदीय लोकतन्त्र भएका मुलुकमा यसलाई स्वभाविक मान्नु पर्छ ।’</p>
Related News


