सुदूरपश्चिमका मुख्यमन्त्री रावलको पहिलो निर्णय : ‘शासकीय सुधार’

साझासवाल
1 Min Read

पुस २८, काठमाडौँ | सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले शासकीय सुधार गर्नु आफ्नो पहिलो निर्णय रहेको बताएका छन् ।

मुख्यमन्त्रीको पदभार ग्रहण गरेसँगै उनले आफ्नो पहिलो निर्णय शासकीय सुधार गर्ने रहेको प्रतिक्रिया दिएका हुन् ।

मुख्यमन्त्री रावलले शासकीय सुधार गर्न कार्यदल गठन गरेका छन् । उनले मन्त्रालय, आयोग, विभाग, सचिवालय तथा अन्य निकायको कार्यसम्पादन प्रणालीलाई सरलीकरण र सुदृढीकरण गर्ने सम्बन्धमा नतिजामूलक कार्ययोजना तयार पार्न प्रदेश सरकारका मुख्यसचिवको संयोजकत्वमा शासकीय सुधार योजना कार्यदल गठन गरेका हुन् ।

सबै मन्त्रालयका सचिवहरू सदस्य रहेको कार्यदललाई ७ दिनभित्र प्रतिवेदन तयार पार्न समेत मुख्यमन्त्री रावलले निर्देशन दिएका छन् ।

Share This Article
Leave a Comment

Leave a Reply