२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागरिकता आजै प्राप्त गरे गृह मन्त्रालयमा रवि लामिछानेलाई पठाउने पार्टीको तयारी

२०७९, १५ माघ आईतवार ०७:२०

माघ १५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले गृह मन्त्रालयको नेतृत्व आफ्नै दलले लिनुपर्ने अडान लिएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछाने सांसद हुन अयोग्य ठहर गरेको थियो । अदालतको आदेशबमोजिम लामिछाने सांसद र मन्त्रीबाट पदमुक्त भएका थिए । अदालतले लामिछानेको दुवै पद खारेज गरिदिएपछि सो दलमा सन्नाटा छाएको थियो ।


लामिछानेले एकैपटक तीन महत्वपूर्ण गुमाएका थिए । उनी सबैबाट पदमुक्त भएपछि पार्टीले कार्यावाहक सभापतिमा भने डिपी अर्याललाई नियु्क्त गरेको छ । रविलाई अदालतले नागरिकता पूनः प्राप्ति गर्न भनेको छ । अहिले यो समाचार तयार पार्दै गर्दा लामिछाने जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा नागरिकता पूनः प्राप्तिको लागि पुगेका छन् । उनले आजै नागरिकता पाउने सरकारी अधिकारीहरुको दाबी छ ।

उनले आजै नागरिकता प्राप्त गरे आफ्नो दलले पाएको गृहमन्त्रालयमा पूनः लामिछानेलाई नै पठाउने सो दलका नेताहरुको तयारी छ । संविधानतः सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री बन्दा कुनै आपत्ति हुने छैन् । सो दलले चितवन–२ मा हुने उपनिर्वाचनमा पूनः रविलाई नै उठाउने तयारी गरिसकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली लामिछानेलाई गृहमन्त्री बनाउन राजी भएका छन् । सम्भवतः आजै लामिछाने गृहमन्त्रीमा नियुक्त हुनसक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री दाहालसँग लामिछानेले आज नागरिकता प्राप्त गरेपछि भेट्ने कार्यतालिका रहेको छ । नागरिकता प्राप्त गरेपछि भने लामिछाने पार्टीको सभापतिमा नियुक्त हुनेछन् । उनी गृहमन्त्रीमा नियुक्त भए जतिसक्दो चाँडो चितवन–२ मा उपनिर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल