२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विदेश पठाईदिने भन्दै साढे ४५ लाख रकम ठगी गर्ने दुई जना पक्राउ

२०८१, २७ बैशाख बिहीबार ०७:०८

बैशाख २७, काठमाडौँ । क्यानडा र बेलायत पठाइन्छु भन्दै साढे ४५ लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखाका ३८ वर्षीय वकिलबहादुर आले र तनहुँका ३४ वर्षीय धर्मेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो।

आलेले बेरोजगार नेपालीलाई आकर्षक तलबको प्रलोभन देखाएर ३६ लाख ठगी गरेको प्रहरीले जानकारी दिएको छ। उनले प्रतिव्यक्ति १७ लाख खर्च लाग्ने र मासिक १ लाख ८० हजार तलब पाउने प्रलोभन देखाएका थिए। आलेविरुद्ध ६ जनाले जाहेरी दिएपछि प्रहरीले गोरखाबाट पक्राउ गरेको थियो।

त्यस्तै श्रेष्ठले बेलायत पठाइदिन्छु भन्दै २ जनासँग ९ लाख ५० हजार ठगी गरेका थिए। श्रेष्ठले पनि आकर्षक तलबको प्रलोभन देखाएर पैसा लिई फरार बनेका थिए। उनलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने